एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडका लागि एन्जल कोर्रेयाले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

४९ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दा टिमको अग्रता तेब्बर बन्यो । त्यस्तै खेलको ५३ औं मिनेटमा मार्कुस लोरेन्टले र ६८ औं मिनेटमा मार्कुसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अंक जोडेको छ भने पराजित इबर २३ अंक जोडेर तालिकालको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);