स्पेनिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडले उचाल्यो

एजेन्सी। स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले उचालेको छ । शनिबार राति भालाडोलिडको मैदानमा भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि उचालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो ।

ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए । यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्दै उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);