स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित

एजेन्सी, १६ पुष । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित निकेलेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिडले गेटाफेमाथि १–० गोलअन्तरले जित निकालेको हो । घरेलु टोलको जितमा लुइस स्वारेजले निर्णायक गोल गरे।

उनले याननिक कर्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिको मड्रिडले अंकतालिकामा स्पस्ट २ अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको एटलेटिकोले ३५ अंक बनाउँदै शीर्ष स्थानमा छ भने १६ खेलबाट ३३ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड र एल्चेबीचको खेल बराबरीमा सकियो । स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा भएको खेलमा रियल घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २० औं मिनेटमा लुका मोड्रिचको गोलमा रियलले अग्रता बनाएको थियो । पहिलो हाफमा रियल एक गोलले अघि रह्यो। तर दोस्रो हाफमा घरेलु टोलीले खेल बराबरीमा ल्यायो। जसका लागि खेलको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फिडेल छाबेसले गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);