सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप टि–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप टि–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश

दाङ, १६ पुष। समुह बी अन्तर्गत बिहिबार बागमतीलाई २८ रनले हराउर सुदुरपश्चिम सेमिफाइनलमा पुगेको हो । दाङको लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ११ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै ७६ रन बनायो ।

सुदूरपश्चिमका लागि डली भट्ट सर्वाधिक २८ रनमा अविजित रहिन् । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरिन । बागमतीकी आरती विडारीले ३ र निसा तामाङले १ विकेट लिइन् । जवाफमा बागमती ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रनमात्र बनायो ।

बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २७ रन बनाइन । बागमतका सात खेलाडीले खाता खोल्न सकेनन् । बागमतीलाइ ४८ रनमा रोक्न सुदुर पश्चिमकी कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । यो नतिजापछि समूह बीबाट सुदुर पश्चिम र प्रदेश १ सेमिफाइनलमा पुगेका छन् । समूह ए बाट शसस्त्र प्रहरीको एपिएफ र लुम्बिी प्रदेश सेमीफाइनलमा पुगिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);