दाहाल–नेपाल पक्षद्वारा प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दाहाल–नेपाल पक्षद्वारा प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडौं, १६ पुष । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पार्टीको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।
नेकपाका दाहाल नेपाल पक्षका सांसदको बिहीबारको बैठकले मुख्यमन्त्री समेत रहनु भएका शेरधन राइलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन गरेका हुन ।

यस अघि सो पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो ।

प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ९१ प्रदेश सभा सदस्य रहेको प्रदेश एकमा सरकार गठनका लागि ४६ जना सांसद चाहिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);