मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव

sherdhan rai


बिराटनगर, १२ पुष । १ नं प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। आईतबार बिहान प्रदेशसभा सचिवालयमा यस्तो प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव सगै भीम आचार्य नयाँं मुख्यमन्त्रीका उम्मेदवार प्रस्तावित भएका छन् ।

प्रदेश १ मा कुल ९३ सदस्य छन् । सो प्रस्ताव पारित हुनका लागि ४६ सदस्यको आवश्यकता हुन्छ। आईतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सदस्य रहेका छन् ।

भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजित भएका थिए ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आईतबार प्रदेश सरकारका केही मन्त्रीले राजीनामा दिएका छन् ।

यसरी राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, उद्योय राज्यमन्त्री विवेक विश्वास छन। अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकारको मन्त्रिपरिषदको आकास्मिक बैठक बसिरहेको छ।

आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको छ। प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);