मुख्यमन्त्री राईद्वारा प्रदेश मन्त्री आङ्बो बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

मुख्यमन्त्री राईद्वारा प्रदेश मन्त्री आङ्बो बर्खास्त

विराटनगर, ११ पुष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गर्नुभएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको आरोपमा मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई शनिबार बर्खास्त गर्नुभएको हो । पछिल्लो समय नेकपाको केन्द्रमा भएको विवादको बाछिटा प्रदेश तहमा पुगेको छ ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि प्रदेशमा पनि विभाजनको स्थिति बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेको भन्दै मुख्यमन्त्री राईविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ ।

बर्खास्तमा पर्नुभएका मन्त्री आङ्बोले फेसबुकमार्फत आफूलाई २ वर्ष १० महिना काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्री राईलाई धन्यवाद दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);