नेकपामा निलम्बनको राजनीति, प्रदेश १ मुख्यमन्त्रीले गरे १५ सांसद निलम्बन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपामा निलम्बनको राजनीति, प्रदेश १ मुख्यमन्त्रीले गरे १५ सांसद निलम्बन

काठमाडौं, १६ पुष । सत्तारुढ दल नेकपा दुई समूहमा बिभाजन भएपछि एकले अर्को पक्षलाई निलम्बन गर्ने क्रम बढेको छ। यसैक्रमम पछिल्लो पल्ट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो प्रदेशका १५ सांसद निलम्बन गरेको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गर्नुभएको हो ।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, र कुसुम कुमारी श्रेष्ठ छन् ।

आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट बिहान दाहाल-नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामासमेत दिएका थिए ।

सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);