निलम्बित सांसद रौनियारको पद फुकुवाको माग गर्दै सभामुखलाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निलम्बित सांसद रौनियारको पद फुकुवाको माग गर्दै सभामुखलाई ज्ञापनपत्र

forum-pappu

काठमाडौं, २३ माघ । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले पार्टीका सांसद हरिनारायणप्रसाद रौनियारको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पार्टीका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेको निष्कर्ष निकाल्दै तत्काल फुकुवा गर्न माग गर्दै बुधबार सभामुख महरालाई ज्ञापन पत्र बुझाएको हो ।

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन कालोसूचिमा परेपछि संघीय संसद सचिवालयले गत असोज १९ गते सांसद रौनियारलाई निलम्बन गरेको थियो । निलम्बन संविधान र प्रतिनिधिसभा नियमवली विपरित रहेको फोरमको दावी छ ।

संघीय समाजवादी फोरम, नेपालको माघ १८ गते बसेको पार्टी संसदीय दलको बैठकले संविधान र प्रतिनिधिसभा नियमावली विपरित पार्टीका सांसद रौनियारलाई संघीय संसद सचिवालयले निलम्बन गरेको ठहर गर्दै तत्काल फुकुवा गर्न सभामुख महरालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);