सभामुख सापकोटाले नियम विपरित पत्र फिर्ता गरेको तिमिल्सिनाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभामुख सापकोटाले नियम विपरित पत्र फिर्ता गरेको तिमिल्सिनाको आरोप

ganesh-prashad-timilsina

काठमाडौं १९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले सभामुख अग्नि सापकोटाले सबैधानिक परिषदले विभिन्न निकायमा गरेको नियुक्तिको पत्र नियम विपरित फिर्ता गरेको आरोप लगाउनुभएको छ। तिमिल्सिनाले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाउनुभएको हो।

‘नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ ले संसदीयसनुवाइ समिति गठन र सञ्चालनसम्बन्धीव्यवस्था गरेको छ । जस अनुसार दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइसहितका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदनवा पदाधिकारीम निहितरहेको छैन ।’ पत्रकार सम्मेलनमा तिमिल्सिनाले भन्नुभयो।

पत्रमा उल्लिखित‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्थागर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहितभएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन(राष्ट्रियसभा) को भूमिका र गरिमामा प्रहार भएको उहाँले बताउनुभयो।

‘अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्तिहो । संसदीय सनुवाइ सम्बन्धी पत्रफिर्ता सम्बन्धी प्रक्रियामा संंघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा) संलग्न नरहेको जानकारी गराउँछु ।’ उहाँले भन्नुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);