भद्रगोल विद्युत प्राधिकरण, अघोषित लोडसेडिङ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार

भद्रगोल विद्युत प्राधिकरण, अघोषित लोडसेडिङ

bidhyut

काठमाडौं, १९ माघ । अहिले बिना सूचना लोडसेडिङ हुने गरेको छ। विद्युत प्रधिकरण केन्द्रीय कार्यलयमा कर्मचारीहरु कार्यलय बाहिर भए घाम र भित्र भए हिटर तापेर जागिर पकाउँछन् ।

दैनिक १९ घण्टा हुने गरेको लोडसेडिङ कुलमान घिसिङको प्राधिकरण प्रवेशपछि हटेको थियो । उनको चार वर्ष कार्यकालमा कसैले पनि लोडसेडिङ भोग्नु परेन। त्यसबेला चान चुन ८सय मेघवट बिजुली उत्पादन हुने गरेको थियो । तर अघिल्लो नेतृत्वले १९ घण्टा सम्म चखाएको लोडसेडिङ कुलमान गएपछि अचानक हटेको थियो ।

के कुलमानले यसका लागि कुनै जादु गरेका थिए? कुनै चमात्कार गरेका थिए ? त्यो कुनै जादु वा चमत्कार थिएन । त्यो उहाँको कुशल ब्यवस्थापन थियो। धेरै बिजुुली खपत हुने समयमा औद्यागिक क्षेत्रमा उहाले लाईन बन्द गर्नुभएको थियो। सर्बसाधरणको घर उज्यालो भएको थियो।

हाल आएर अघोािषत लोडसेडिङ हुने गरेको छ। तर विद्युत प्राधिकारणले लोडसेडिङ भनेर औपचारिक घोषणा गर्ने हिम्मत गरेको छैन । बरु लोडसेडिङको घोषणा गरे मानिसले आफ्नो व्यवस्था गर्थे । कुलमान प्राधिकरणको ढोकाबाट बाहिर निस्कने बित्तिकै अघोषित लोडसेडिङ गर्नु ठुला अन्याय हो ।

उत्पादनको हिसाबमा अहिले झण्डै १४ सय मेघावट छ । केवल व्यवस्थापन गर्न नजान्दा अहिले सर्बसाधरणले मार खानु परेको छ। भएको विजलीलाई व्यवस्थापन गर्न नजान्दा लोडसेडिङको अवस्था उत्पन्न भएको बताइएको छ।

लोडसेडिङ हटाएका कारण अघिल्ला कार्यकारी निर्देशक कुलमानलाई फेरि चार बर्षका लागि म्याद थप्न दवाब परेको थियो । तर सरकारको कानमा यो कुरा परेन। सरकारले सर्बसाधरणको आवजलाई सुनेन। सुनेपनि नसुने जस्तै गर्यो।

प्राधिकरणले अघोषित लोडसेडिङ गरेपछि सर्बसाधरणले फेरि कुलमान सम्झिएका छन् । उचित व्यवस्थापन गर्न नसक्दा विद्युत प्राधिकरण लोडसेडिङ उत्पादन गर्न थलोका रुपमा मुल्याङ्कन हुन थालेको छ ।

भद्रगोल विद्युत प्राधिकरण, अघोषित लोडसेडिङ” मा प्रतिक्रिया

Leave a Reply

%d bloggers like this: