प्रधानमन्त्री ओलीद्वारा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाईन उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाईन उद्घाटन

ढल्केवर, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केवर–मुजफ्फरपुर विद्युत प्रशारणलाईनको सोमबार उद्घाटन गर्नुभएको छ । हाल ढल्केबरमा १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ ।

यस्तै कूल ४ सय र २ सय २० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन् । जसले करिब ९ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्ने भएको छ ।

मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको हो । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ ।

साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

प्राधिकरणका अनुसार हाल प्राधिकरणका आयोजनाबाट कूल छ हजार ३ सय ६९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । यस्तै निजी ऊर्जा उद्यमीका आयोजनाबाट पाँच हजार ३ सय ७५ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

Leave a Reply

ताजा समाचार