सरकार र सभामुखले जनताको अधिकार हनन् गरे : महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार र सभामुखले जनताको अधिकार हनन् गरे : महतो

rajendra mahato

काठमाडौं, १३ साउन । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन् गरेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन् गरेको टिप्पणी गर्नुभएको हो ।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्ण बहादुर महराले र सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन् गरेको उहाँले बताउनुभयो । उहाँले सरकार गैह् जिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);