कांग्रेस र राजपाले जनताको आवाज बन्द गरे : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस र राजपाले जनताको आवाज बन्द गरे : भीम रावल

काठमाडौं, १३ साउन । सत्तारुढ दलका सांसद भीम रावलले संसद बैठक अवरुद्ध गरेर नेपाली कांग्रेस र राजपाले जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार अवरोधका बीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुवै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);