घुस खाने कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन तयार : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

घुस खाने कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन तयार : मन्त्री अर्याल

काठमाडौं, १३ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताउनु भएको छ ।

मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गर्नु भयो । सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गर्नु भयो ।

सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठ्यारो परिरहेको मन्त्री अर्यालको गुनासो छ । मन्त्री अर्यालले घुस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराउनु भयो ।

नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाई छ । उहाँले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि स्मरण गराउनु भयो ।

मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढि विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

उहाँले कानुन तथा पूर्वाधारको अभावमा केही समस्या भएपनि विस्तारै सेवा ग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागि परेको पनि बताउनु भयो ।

साँखु मालपोत कार्यालयको सेवालाई सहज बनाउन सरकारले ईन्टरनेट सेवाको पनि शुभारम्भ गरेको हो । यस अघि सरकारले काठमाडौंको कलंकी स्थित मालपोत कार्यालयलाई पनि प्रविधिले युक्त नमुना मालपोत कार्यालयको रुपमा घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);