भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा टोकन प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा टोकन प्रणाली लागू

बाँके, ८ माघ । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा टोकन प्रणालीबाट सेवा दिन सुरु गरिएको छ । केही समय अगाडि सेवाग्राहीहरुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको भूमि सुधार तथा मालपोत कार्यलय बाँकेले टोकन प्रणाली सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नका लागि भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा टोकन प्रणाली लागू गरिएको छ । कार्यालयमा ढिलासुस्ती र अनियमितता भएको गुनासो आउन थालेपछि कार्यालयको सेवालाई सहज र प्रभावकारी बनाउन कार्यालयले टोकन प्रणाली लागु गरेको हो ।

सेवाग्राहीहरुले सेवा प्राप्तीका लागि कर्मचारीहरुलाई घुस रकम दिनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो रहेको छ । टोकन प्रणाली लागु भएपछि विचौलियाहरु मौलाउन नपाउने र सेवा प्राप्तिमा सहज हुने सेवाग्राहीको भनाई छ ।

यता, कार्यालय प्रमुख अमर राज सेजुवालले भने कर्मचारीले नै घुस मागेको कुरा बाहिरको हल्ला मात्र भएको बताउनु भएको छ । कार्यालयलाई लाग्दै आएका आरोपलाई निस्तेज गरी सेवाग्राहीलाई सेवा लिन सहजताका लागि टोकन प्रणालीको सुरुवात गरिएको समेत उहाँले बताउनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले नागरिकको सेवा पाउने अधिकारमा बिचौलिायको हावी बढ्दो रहेकाले अव यस प्रणालीले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

टोकन प्रणाली सञ्चालनमा आएपछि नागरिकले कार्यालयमा पुगेर अलमलमा पर्ने अवस्थाको अन्त्य हुने र सरल तथा सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्राप्त गर्न सक्ने सबैको अपेक्षा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);