संक्रमण घटेपछि सर्लाहीको मालपोत र नापी कार्यालय संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

संक्रमण घटेपछि सर्लाहीको मालपोत र नापी कार्यालय संचालनमा

राजिव शाह,
सर्लाही । सर्लाही भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा आज (आइतबार) देखि सञ्चालनमा आएको हो ।

कार्यालयमा हरेक दिन बिहान १० बजे देखि २ बजे सम्म १२ जनालाई टोकन वितरण गरिनेछ र टोकन लिनका लागि सरोकारवाला आफै आउनु पर्ने हुन्छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाही सूचना जारी गर्दै कोभिड १९ को संक्रमण दर घट्दो रहेको भन्दै भीडभाड नहुने गरी कार्यालय सञ्चालनमा ल्याउन भनेको छ ।

जिल्लामा कोरोनाको संक्रमणको दर घट्दो क्रममा रहेको तथा जिल्लामा लामो समयदेखि जारी निषेधाज्ञाको प्रत्यक्ष असर व्यापार व्यवसायीमा परेको कुरालाई दृष्टिगत गरी बिहान १० बजे देखि साझ ५ बजे सम्म व्यापार व्यवसायलाई चलायमान बनाउन भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालनमा ल्याईएको हो ।

त्यस्तै जग्गा रजिष्ट्रेशन, बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका कार्यहरु मालपोत कार्यालय र नापी कार्यालयहरुबाट सेवा आज (आइतबार ) देखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);