सर्लाहीमा जेठ १० गते सम्मका लागि निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

सर्लाहीमा जेठ १० गते सम्मका लागि निषेधाज्ञा थप

सर्लाही । सर्लाहीमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । नेपालमा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा जेठ १० गते सम्म निषेधाज्ञा थप गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

स्वस्थ्य सुरक्षा सञ्चार विद्युत खानेपानी, तराकारी ढुवानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यसैगरी स्वास्थ्य संस्था, पेट्रोल पम्प खुला रहने छन् भने खाद्यान्न फलफुल तरकारी दुध डेरी ग्यास पसल बिहान ७ बजे देखि १० बजे सम्म मात्र खोल्न पाइने छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वस्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

डीसीसीएमसीको बैठकले सर्लाहीमा बैशाख २५ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);