पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईयो

पाल्पा । पाल्पामा जेठ १५ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

सोमबार बसेको जिल्ला स्तरीय डीसीसीएमसीको बैठकले पाल्पामा जारी रहेको निषेधाज्ञा जेठ १५ सम्म लम्ब्याइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

यसअघि पाल्पामा जेठ ४ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । पाल्पामा कोरोना संक्रमण समुदाय स्तरमा फैलँदै गएपछि थप कोरोना फैलिन नदिनका लागि निषेधाज्ञाको समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);