पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

प्रकाश नेपाल,
पाल्पा
। जेठ २४ गतेसम्म रहेको पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकले बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७ बजे १० सम्म खोल्ने निर्णय गरेको छ । बिहान ७ बजे देखी ९ बजे सम्म खुल्दै आएका तरकारी, किराना, फलफुल, माछा मासु पसल १ घण्टा बढाएर विहान ७ बजे देखी १० बजे सम्म संचालन गर्ने निर्यण बैठकले गरेको छ ।

कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । खोप ६०(६४ वर्ष भनिएकोमा खोप कम उपलब्ध भएकाले ६२ बर्ष देखी ६४ उमेरका लागि मात्र लगाइने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);