दार्चुलामा जेठ २० गते सम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दार्चुलामा जेठ २० गते सम्म निषेधाज्ञा थप

वाशु देव बडू,
दार्चुला । विश्व भर महामारी का रुपमा फैलिरहेको कोरोना भाईरस को चैन ब्रेक गर्न दार्चुला जिल्ला भरी जेठ २० गते सम्म का लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्र को जेठ ९ गते बसेको बैठक ले जिल्ला मा कोरोना भाईरस को दास्रो लहर तिव्र रुपमा बढेको भन्दै निषेधाज्ञा थप गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला लाई सिफारिस गरेको छ ।

कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभीड १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै दार्चुला जिल्ला का ९ वटै स्थानिय तहहरुमा जेठ १० गते राती १२ बजे देखी लागु हुनेगरी जेठ २० गते राती १२ बजे सम्म निषेधाज्ञा लागु गरेको हो ।

यस अघि जिल्ला सदरमुकाम स्थित महाकाली नगरपालीकाले वैसाख १९ गते देखी वैसाख २५ गते सम्म र बैशाख २५ गते देखी जिल्लाका ९ वटै स्थानिय तहहरुमा वैशाख ३१ गते सम्म र वैसाख ३१ गते देखी जेठ १० गते सम्मका लागी निषेधाज्ञा जारी गरिएको थियो ।

आज सम्म दार्चुला जिल्ला मा जम्मा ५२८ जना सक्रिय संक्रमित रहेको जसमध्ये १७७ जना महिला, ३५१ जना पुरुष रहेको र आज सम्म दार्चुला जिल्ला मा कोरोना भाईरस बाट ९ जना को मृत्यु भई सकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);