सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० भुडास्थित सीमा ईलाकाबाट जेठ ८ गते सशस्त्र प्रहरीले करीव ५ ग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय नरेन्द्र चन्द र २२ वर्षिय टेकबहादुर शाही रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिणामको खैरो हेरोईन फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सियास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १० ग्राम गाँजासहित सोही जिल्लाको बीरगंज महानगरपालिका १ बस्ने शाहिल मियालाई पक्राउ गरेको छ ।

भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

पक्राउ परेका मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);