सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सुनसरी सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ स्थित जमुवा चोकबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भोक्राहा गाउँपालिका ५ बस्ने ३३ वर्षिय मोहम्मद काशिम मन्सुरी छन् ।

को ११ प ३०२२ नम्बरको मोटरसाईकलमा सवार मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ४ बोतल, स्पास्मो प्रोक्सिभन ट्याब्लेट १० वटा र निट्राजेपाम ट्याब्लेट १० वटा फेला परेपछि उनलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो ।

मन्सुरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको विराटनगर नगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ बस्ने ४३ वर्षिय सन्जु शाहीलाई पक्राउ गरेको छ ।

प्रदेश ०१–०२–०४४ प ८५८२ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ३ बोतल, नाईट्रोभेट ट्याब्लेट ३० वटा र स्पस्मो प्रोक्सिभन ट्याब्लेट ८ वटा फेला पारेको थियो ।

उनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);