कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम हुन सकेन : स्वास्थ्य मन्त्री त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम हुन सकेन : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको मन्त्रीको भनाई रहेको छ ।मन्त्री त्रिपाठीका अनुसार ‘संक्रमण दर आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने आंकलन गरिएको उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);