फागुन सम्ममा कोरोना नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फागुन सम्ममा कोरोना नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी ओलीले आगामी फागुन सम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले श्रावण महिनाको अन्त्यतिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताउनुभयो । उहाँले दशैं तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पुर्ण नियन्त्रणमा आउन फागुन सम्म लाग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “श्रावणको अन्त्य सम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ । अथवा भदौको सुरु तिर । यो त्यसपछि ओरालो लाग्छ । र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो । दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउछन् भन्ने पनि अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ । ”

प्रधानमन्त्री ओलीले कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि आग्रह गर्नुभयो । उहाँले बन्दाबन्दीको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);