मान्छे काममा लागेका छन् यहाँ कसैलाई खर्चको हिसाब चाहिएको छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मान्छे काममा लागेका छन् यहाँ कसैलाई खर्चको हिसाब चाहिएको छ : प्रधानमन्त्री

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न छाडेर हिसाबकिताव खोजेर बस्ने गरेको भन्दै प्रतिपक्षी दलप्रति परिस्थिति प्रति गम्भीर नबनेको आरोप लगाउनुभयो । उहाँले केही मान्छेहरु असहज अवस्थामा काम गर्नेहरुको प्रशंसा गर्नु भन्दा १- १ रुपैँयाको हिसाब किताब खोजेर बस्ने गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मान्छे काममा लागेका छन् यहाँ कसैलाई चाही खर्चको हिसाब चाहिएको छ । काममा ध्यान छैन । काम प्रतिको प्रशंसा छैन । परिस्थिति प्रतिको गम्भीरता छैन । हिसाबकिताब दैनिक चाहिएको छ । खै ? पैसा भनेर । ”

असहज परिस्थितिमा जनप्रतिनिधिहरुले निकै दुखका साथ कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका कामहरु गरेकोमा गुन मान्नुको सट्टा अपमान र आलोचना गर्ने गरिएको गुनासा गर्नुभयो ।

“जनप्रतिनिधिले पैसा खाए भन्दिन सजिलो छ । कति दुख गरेर काम गरेका छन् । गुन मान्नु छैन । गुन मान्नुको सट्टा , कदर गर्नुको सट्टा अपमान गर्नु , संदेश पैदा गर्नु , हत्तोत्साही गर्नु किञ्चित उपयुक्त हुदैन । कोरोनाको खर्च मात्रै होइन बजेटको १-१ रुपैयाको हिसाब किताब महालेखापरीक्षकको वार्षिक प्रतिवेदन मार्फत सदनमा आउँछ । यसमा कतै अनियमितत भयो भने त्यसका पछाडि विभिन्न निकायहरु छन् । त्यसको रेखदेख गर्ने । नियालेर हेर्ने, नियमितता अनियमति हेर्ने निकायहरु छन् तीनले काम गरिरहेका छन् । त्यसकारण यस्तो ठान्न भएन कि म बाहेक अरु सबै भ्रष्ट छन् । भ्रष्ट बाहेक कोही जन्मदै जन्मदैनन् भन्ने पनि ठान्न भएन । सरकारमा वा ओहोदामा बसेकाहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ । जसरी पनि चरित्र हत्या गर्नुपर्छ भन्ने नियत पनि राख्न भएन । सबै कुरा पारदर्शी छन् । पारदर्शी हुन्छन् । कसैलाई भ्रष्टाचार गर्न दिईदैन । ”

प्रधानमन्त्री ओलीले सरकारले जे गदौ पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता देखिएको उल्लेख गर्दै देश पीडीत भएका बेला पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई कडा सँजाय गरिने प्रतिवद्धता दोहोर्याउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “सामान किन किनिएन ? सामान छिटो किन्नुपर्यो नि यस्तो बेलामा । अनि छिटोबाटोबाट किने पछि खै टेण्डरको प्रक्रिया पुरा गरेको मिलेभगत गरेर खाईयो यहाँ । यस्तो खालको कुरा हुन भएन । यस्तो बेला छोटो प्रक्रियाबाटै गर्ने हो । ”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);