सीमा समस्या समाधानका लागि छिट्टै वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सीमा समस्या समाधानका लागि छिट्टै वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संघीय संसदका दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रकृया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्ररी अगाडि बढ्छ अव संविधान संशोधनको प्रक्रिया राष्ट्रपति ज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ । अव छिट्टैनै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।’

प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिनुभएको छ । उहाँले सभामुखले आफ्नो अनुकुल समयमा निर्णयका लागि पेश गरेपछि एमसीसीका विषयमा पनि टुंगो लाग्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);