विप्लव समूहसँग छिट्टै सहमति हुन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विप्लव समूहसँग छिट्टै सहमति हुन्छ : प्रधानमन्त्री ओली

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन्।

आइतबार झापास्थित चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका हुन् । उनले विप्लव समूहद्धारा सिर्जना भएको समस्या वार्ताद्धारा समाधान गर्ने बताउँदै सम्भवत छिट्टै समाधान हुने दावी समेत गरेका छन् ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । प्रतिनिधि सभाको विघटन पछि नेकपाका दुवै पक्षले विप्लव समूहसँग वार्ता हुनु पर्ने र प्रतिबन्ध फुकुवा गर्ने कुरा जोड दिंदै आएका थिए । तर गएको मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापनको फैसला गरेसँगै विप्लव समुहसँगको वार्ता टाढिएको मानिन्छ ।

प्रतिबन्धित पार्टीले पनि विज्ञप्ती नै जारी गरी आफूहरु वार्ताका लागि सकरात्मक भएको जानकारी गराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);