संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं, ४ असार । लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गर्नुभएको हो।

विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाउनु भएको थियो।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

rastrapati bidek parit