संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौ, १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा हटाइएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ ।

संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिनुभएको हो ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नु हुनेछ ।

संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);