संविधान संशोधन विधेयकमाथि संसदमा आज मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संविधान संशोधन विधेयकमाथि संसदमा आज मतदान हुँदै

sanghiya samsadh

काठमाडौं, ३१ जेठ । नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधि सभामा आज मतदान हुँदैछ । जेठ ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो ।

संघीय संसद सचिवालयले आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । विधेयकमा दफाबार छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संविधान संशोधन विधेयक पारित हुनेछ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर नेपाल सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);