राष्ट्रिय सभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

राष्ट्रिय सभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदै

rastriya

काठमाडौं, ४ असार । संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक आज (बिहिबार) राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

राष्ट्रिय सभाको बिहीबार ११ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल हुनेछ।

संविधान संशोधन विधेयक पारित हुनका लागि संसदको दुई तिहाई आश्यक पर्छ । राष्ट्रियसभामा हाल ५८ सदस्य छन् । राष्ट्रपतिले मनोनित गर्ने सांसद पद रिक्त छ । सबै राजनीतिक दलहरूबीच संविधान संशोधनमा सहमति रहेकाले उक्त विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित हुनेछ ।