संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

parit rastriya sabha

काठमाडौं, ४ असार । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको अद्यावधिक नक्सा अनुसार निशान छापमा रहेको नक्सा परिमार्जनका लागि राष्ट्रिय सभाबाट सर्वसम्मतले संशोधन पारित भएको हो ।

बिहीबार राष्ट्रिय सभामा छलफल पछि भएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसद सबैले संशोधनको पक्षमा मतदान गरेका थिए ।उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा (हुन्छ भन्ने पक्षमा) हस्ताक्षर गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको थियो ।

यसअघि गत शनिबार प्रतिनिधि सभाले उक्त संशोधनलाई सर्वसम्मतले पारित गरेको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाबाट अब पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ ।

प्रतिनिधि सभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुहुनेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको निशान छापमा अद्यावधिक नक्सा समेटिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);