क्वारेन्टीनमा बसेकाहरुको पीसीआर रिपोर्ट पानीजहाज र रेल जस्तै सपना भयो : सांसद ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्वारेन्टीनमा बसेकाहरुको पीसीआर रिपोर्ट पानीजहाज र रेल जस्तै सपना भयो : सांसद ढकाल

naramaya

काठमाडौं, ४ असार । प्रतिनिधि सभाको शून्य समयमा बोल्ने सांसदहरुले क्वारेन्टीन र सीमा क्षेत्रमा निर्माण भएको पोष्टहरु व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । क्वारेन्टीनहरु व्यवस्थित नहुने संक्रमणको जोखिम बढेको, परीक्षणको दायरा बढाउनुपर्ने र सीमा क्षेत्रमा निर्माण भएको सुरक्षा पोष्टहरु समेत व्यवस्थित नभएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद धर्मशिला चापागाईंले सरकारले पछिल्लो समयमा सीमा क्षेत्रमा निमार्ण गरेका बिओपी पोष्टहरुमाथि आक्रमण हुने क्रम बढेको बताउनुभयो । भारतीय पक्षबाट नेपाली सुरक्षाकर्मीहरु नै असुरक्षित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘धेरे ठाउँमा पोष्टहरुमाथि आक्रमण हुने । सशस्त्र प्रहरी जवानलाई घिसारेर पारीसम्म लाने अवस्था छ । सुरक्षाकर्मीलाई गाउँलेले बचाउनुपरेको अवस्था छ । यसतर्फ सरकारको ध्यानाकर्षण होस ।’’

सांसद नरमाया ढकालले क्वारेन्टीनहरु यातनागृह जस्तो बन्दै गएको बताउनुभयो । कोरोनाबाट ज्यान जोगाउन क्वारेन्टीनमा बसेकी महिलाहरु बलात्कृत हुने घटनामा सरकार मौन रहेको उहाँको भनाई छ । छाउपडिबाट जोगिएकी महिला क्वारेन्टीनमा बसेकाहरुबाट जोगिन गाह्रो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘क्वारेन्टीनमा बेसकाहरुको पीसीआर रिपोर्ट पानीजहाज र रेल जस्तै भयो । कहिले आउँछ न सकारलाई थाहा छ न अरुलाई । कोरोना सुरु भएपछि खरिद गरिएको स्वास्थ्य सामग्रीको बारेमा गम्भिर प्रश्न उठेका छन् । त्यसको छानबिन गरी बाहिर आउनुपर्नेमा प्रधानमन्त्रीले न्यायमूर्ति भएर सफाय दिनुहुन्छ । प्रधानमन्त्रीलाई संसद र सिंहदरबारमा सक्रिय भएको हेर्न चाहन्छौँ ।’’

सांसद नारदमुनि रानाले सुदूरपश्चिममा जेठ महिनामा मात्रै एक लाख भन्दा बढी नागरिकहरु भित्रिएपनि परीक्षण कछुवाको गतिमा अगाडी बढेको बताउनुभयो । उहाँले प्रदेशमा परीक्षणको दायरा बढाउन माग गर्नुभयो । फरक प्रशंगमा उहाँले महाकाली सन्धीलाई १०—१० वर्षमा पुनरावलोकन गर्नुपर्ने भएपनि २३ वर्ष वित्दा समेत हुन नसकेको बताउनुभयो । कुनै एक पक्षले आवश्यक ठानेमा पुनरावलोकन गर्न सकिने विषय सन्धीमै उल्लेख भएपनि त्यसतर्फ सरकारको ध्यानाकर्षण नभएको उहाँले बताउनुभयो ।

सांसद निरु देवी पालले दिनदिनै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको सन्दर्भमा गृहमन्त्रालयले निश्चित कार्यविधि बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुका लागि छुट्टै क्वारेन्टीन निर्माण गरी महिला सुरक्षाकर्मी र स्वस्थ्यकर्मी नै खटाउन पनि आग्रह गर्नुभयो ।

सांसद पार्वता डिसी चौधरीले क्वारेन्टीन मै महिलाहरु सुरक्षित नभए कहाँ हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । स्वास्थ्य सामग्री खरिदमा पछिल्लो समय अनियमितता भएको उल्लेख गर्दै उहाँले आह्वान भएको टेण्डरमा १२ औं नम्बरमा रहेको कम्पनीलाई कसरी टेण्डर दिइयो भन्दै प्रश्न गर्नुभयो ।

सांसद डिला संग्रौला पन्तले कोरोना नियन्त्रणका लागि जनताले १० अर्बको हिसाब मागिरहेकै बेला खरिपाटी क्वारेन्टीनमा राखिएकाहरुलाई कुनै औषधि उपचार नगरी ७४ लाखको विल प्रकरण बाहिर आएको प्रति आपत्ति जनाउनुभयो । उहाँले मोरङको मंगलबारेमा स्थानीयले बनाएको स्थापना गरेको अस्पतालाई कम्युुनिष्टकरण गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरी ऐतिहासिकता र स्थानीय पहिचानलाई मेटाउन प्रदेश १ को सरकार उद्दत देखिएको बताउनुभयो ।

सांसद थममाया थापाले महिलाहरु क्वारेन्टीनमा राख्ने ठाउँ सुरक्षित नभएको बताउनुभयो । कैलाली घटनाका दोषीलाई कारवाहीको माग गर्दै उहाँले महिलाहरुका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);