राष्ट्रियसभाको शून्य समय कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रियसभाको शून्य समय कसले के भने ?

काठमाडौं, १८ असार । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नुपर्ने बताएका हुन् ।

सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खरबौँ लगानी भएपनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताउनुभयो । यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकाशका यातायातका साधन सञ्चालनमा रहेपनि यसका लागि छुट्टै नीति नभएको उहाँले बताउनुभयो । नीजिले पनि सार्वजनिक भाडाको काम गरिहरेको उल्लेख गर्दै उहाँले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुर्नकर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद विमलाई राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहेपनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भएपनि उनीहरुमाथि आक्रमण भइरहेको बताउनुभयो । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति कुमारी अधिकारीले असारले विकासले विनास निम्त्याएको बताउनुभयो । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भएपनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने बताउनुभयो । साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उहाँले बताउनुभयो । सम्बन्धि मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिक भित्र कम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारन्टिनको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । संलकन भएका स्वावको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);