कोरोना नियन्त्रणका लागि भएका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कोरोना नियन्त्रणका लागि भएका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन । शुक्रबार सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका हुन ।

अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो । संसदमा १६ वटा समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्न सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको सांसद प्रधानको भनाई छ ।

त्यसैगरी सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो ।

सांसदहरुसंग सभामुख सापकोटाले ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);