संसदमा सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको गगन थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदमा सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको गगन थापाको आरोप

gagan thapa

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सिमिति हुँदै गएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले सरकारको छाँयाको रुपमा सिमित भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको हो ।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “एकपटक फेरी नेपालको संसद नेपालको सरकारको छाँयाको रुपमा सिमिति रहेको छ । सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन । संसद प्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । जबसम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन । सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।”

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनबाट पछि हटेको दाबी सांसद थापाले गर्नुभयो । उहाँले सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफुहरुले संसदीय छानविन समिति गठनको माग गरेको स्पष्ट पार्नुभयो ।

हरेक कुरामा संसदीय छाननिव समिति गठन हुन सक्दैन


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छाननिव समिति गठन हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेर उभिईरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);