सरकार ढल्ने, दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार हुन सकेनः सुवासचन्द्र नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकार ढल्ने, दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार हुन सकेनः सुवासचन्द्र नेम्वाङ

subash

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् । युवा संघ नेपालको भेलालाई सोमबार सम्बोधन गर्दै संविधानसभा अध्यक्ष नेम्वाङले सरकार ढल्छ, दल फुट्छ भन्ने भयले ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्था भएको बताए ।

सरकार विस्तार गर्दा यो सरकार ढल्छ भन्ने भय छ । दल फुट्ने हो कि भन्ने अचम्मको अवस्था छ । यस्तो अवस्थामा यो सरकार चलिरहेको छ । यो सरकार जनताले बनाएको होइन । निर्वाचित ओलीको सरकारलाई अनेक नाममा हटाइयो,’ उनले भने, ‘छरछिमेकमा सात महिनामा वा अफ्ठेरो अवस्थामा बच्चा जन्मियो भने बिरामी रहेछ, अवस्था ठिक छैन भन्छन् नि ठ्याक्कै त्यहीँ अवस्था अहिलेको सरकारको छ ।

नेम्वाङले पुनस्र्थापित प्रतिनिधिसभाले ३० दिनमा एउटा सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गरे । सरकारले बिजनेश दिन नसकेको उनको भनाई छ । ‘संसद चलेकोचल्यै छ । अब २३ भदौमा चल्दैछ । सिन्का भाँचेको छैन,’ उनले भने ।

अध्यक्ष केपी ओलीले संसदले काम गर्न सक्दैन भनेर गरेको विघटनको औचित्य पुष्टि हुँदै गएको पनि नेम्वाङले बताए । ‘संसद काम गरिरहेको छैन । ओलीले बारम्बार भन्ने गर्नुहुन्थ्यो यो संसदले काम गर्ने अवस्था छैन । यो तर्कमा उभिएर विघटन गर्नुभयो । अदालतले पुनस्र्थापना ग¥यो । आदेश मानेर संसदमा उपस्थित भयौं । तर पहिलो पुनस्थापनाले केही गर्न सकेन,’ उनले भने, ’पछिल्लो विघटन प्रमको बाध्यता थियो । बाध्यतावश विघटन गरेकोमा अदालतले पुनस्थापना ग¥यो । पुनस्थापनामात्रै होइन परमादेशबाट शेरबहादुर देउवाको सरकार जन्मियो । बेढंगले जन्मेर हो कि के हो ५० दिन बितिसक्यो मन्त्रिमण्डल विस्तार हुँदैन। ५० दिन नाघिसक्यो सरकार विस्तारको नाम निशाना छैन ।

नेम्वाङले एमाले विभाजनका लागि झुक्याएर संसद अधिवेशन अन्त्य गरिएको, संसदले बनाएको कानूनविपरीत दल विभाजन अध्यादेश ल्याएको र गैरकानुनी रुपमा दल फुटाएको आरोप लगाए ।

दल विभाजन अध्यादेश आएपछि माधव नेपालसहित १४ सांसदलाई कारबाही सिफारिस गरेर सभामुख, संसद सचिवालय र निर्वाचन आयोगमा पत्र दर्ता गराएको नेम्वाङले बताए । तर, सरिता गिरी, लेखराज भट्ट, प्रभु साहलगायतलाई कारबाही गर्दा तत्कालै सूचना झुण्ड्याउने सभामुखले १४ सांसदको कारबाहीका सम्बन्धमा अधिकार बाहिर गएर रोकेको आरोप लगाए ।

त्यसैले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको नेम्वाङले बताए । त्यो मुद्दा विचारधीन रहेको नेम्वाङको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);