वडापछि पालिका अधिवेशनमा कांग्रेस, नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वडापछि पालिका अधिवेशनमा कांग्रेस, नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सकिएपछि कास्कीमा पालिकास्तरीय अधिवेशनको चहलपहल सुरू भएको छ । कांग्रेसले आगामी २७ भदौमा पालिका अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ । पाँच स्थानीय तह रहेको कास्कीमा सबै तहका लागि उम्मेदवारले उम्मेद्वारी सार्वजनिक गर्न थालेका छन् । 

भूगोलका हिसावले देशकै ठूलो महानगर पोखराको नेतृतव गर्न हालसम्म पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । पत्रकारदेखि जनप्रतिनिधिसम्मले महानगर हाँक्न आकांक्षा देखाएका छन् । हालसम्म लामो समय पत्रकारिता गरेका पत्रकार गंगाधर पराजुलीले महानगर सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । 

पोखरा महानगरको वडाअध्यक्षमा निर्वाचित वडाध्यक्षहरुले पनि आकांक्षा देखाएका छन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने र ११ का अध्यक्ष मोहन बास्तोलाले दावेदारी प्रस्तुत गरे । 
यस्तै, मिलनप्रसाद तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन् भने अर्की पत्रकार ज्योती हमाललेसमेत नेतृत्वमा दावी पेस गरिन् । पोखरा महानगरपालिकाका महासचिव तथा हाल कांग्रेस पोखराको उपसभापति सुरेन्द्र विजुक्छे पनि सभापतिको दौडमा छन् । सभापतिभन्दा तल्लो तहमा अहिलेसम्म कसैले घोषणा गरेका छैनन् । 

यस्तै, माछापुच्छ«ेमा तीनजना प्रवल दावेदार देखिएका छन् । वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, हाल पालिका सभापति मदुसुदन अधिकारी र अर्का नेता रामबहादुर गुरुङ सभापतिमा प्रतिस्पर्धामा छन् । रुपा गाउँपालिकामा हाल उपाध्यक्ष उठेर पराजित भएकी गीमाया गुरुङले दावी गरेकी छिन् । अर्का नेता आनन्द सुवेदीको पनि चर्चा छ ।

मादीमा हालसम्म अर्जुन गुरुङ र ओमप्रकाश गुरुङले आकांक्षा देखाएका छन् । अन्नपूर्णमा मनपति भण्डारी र तरुण दलका पालिका सभापति विजय गुरुङलगायतले उम्मेदवारी घोषणा गरेका छन् । अहिले उम्मेद्वार धेरै देखिएपनि आन्तरिक तयारी पछि धेरै उम्मेद्वार नहुने बताइएको छ । सर्वसम्मतको प्रयास पनि भइरहेको छ । तर सर्वसम्मत हुने सम्भावना निकै कम देखिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);