देउवालाई उपेन्द्रको चेतावनी, अध्यादेश निष्क्रिय नभए सम्म मन्त्रिपरिषद् विस्तार हुँदैन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवालाई उपेन्द्रको चेतावनी, अध्यादेश निष्क्रिय नभए सम्म मन्त्रिपरिषद् विस्तार हुँदैन (भिडियो सहित)

काठमाडौं । सरकार गठन भएको २ महिना पुगिसक्यो तर मन्त्रिपरिषद्ले भने पुर्णता पाउन सकेको छैन ।

देश चौतर्फी रुपमा संकटग्रस्त अवस्थामा पुगिसकेको छ । राजनीतिकदलहरु नै बाह्यहस्तक्षेपको घेरा बन्दिमा मुलुक परि सक्यो भनेर हारगुहार गरिराखेका छन् । तर कस्को कारणले बाह्यहस्तक्षेप बढेको छ भन्ने कुराको जवाफ कुनै पनि दलको कुनै पनि नेतासंग छैन ।

आज पनि जनताहरु बिदेशी हस्तक्षेप भयो भनेर सडकमा प्रर्दशन गरीरहेका छन् । देशका विभिन्न क्षेत्रहरुमा बाढी पहिरोको प्रभाव यथावत अवस्थामा रहेको बेला राजनैतिक दलहरु टुटफुट र मनमुटावबाट नै अगाडि गुज्री राखेको अवस्था रहेको छ ।

त्यसमा पनि प्रतिगमन भयो भन्दै प्रतिगमनको बिरुद्धमा शसक्त आन्दोलन गरेर सरकार परिवर्तन गरेका सत्तारुढ पाँच दलका बिचमा मन्त्रिपरिषद् बिस्तारका बिषयमा पनि सहमती जुट्न सकेको छैन र सत्तारुढ गठनबन्धनमा रहेका पाँचै दल आ–आफ्नै आन्तरीक उल्झन्मा पसिरहेका छन् । सत्तारुढ दल मध्यको जसपा भित्र पनि पुनः दल विभाजन सम्बन्धि अध्यादेशको चपेटामा पर्ने हो कि ! भन्ने चिन्ता बढ्दै गएको छ ।

त्यसकारणले जसपाले मन्त्रिपरिषद् विस्तार हुन भन्दा अगाडिनै दल सम्बन्धी अध्यादेश निष्कृय गर्नु पर्ने सर्त पनि अगाडि सारिराखेको छ ।
यिनै समसामायिक बिषयमा पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव सँग माउन्टेन टेलिभिजन एचडिका लागि मञ्जु कार्कीले गरेको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);