विषादीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विषादीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौं, २५ असार । सर्वोच्च अदालतले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको असारको १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्रसमेत पठाएको थियो । त्यसपछि असार १८ गते सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो । सरकारको निर्णयको सर्बत्र बिरोध हुँदै आएको छ । सरकारको बिषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न भन्दै सर्बाेच्चमा रिट परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);