विषादी परीक्षण गर्ने निणर्यबाट पछि हटेपछि सरकारको चौतर्फी आलोचना | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

विषादी परीक्षण गर्ने निणर्यबाट पछि हटेपछि सरकारको चौतर्फी आलोचना

tarkali

सीता शर्मा
काठमाडौ, २१ असार । भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निणर्यबाट सरकार पछि हटेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । भारतीय दबाबमा सरकारले निर्णय फिर्ता लिएको भन्दै सरकार राष्ट्रियता बिर्सेर भारतलाई खुसी बनाउन लागेको आरोप लगाइएको छ । विषादी परीक्षण स्थगित गर्ने सरकारी निर्णयको सत्तारुढ दलकै नेता तथा विद्यार्थीहरुले आपत्ती जनाएका छन् ।

भारतबाट आयात हुने तरकारी तथा फलफुलमा अत्यधिक विषादी प्रयोग भएको पाइएको र त्यसले स्वास्थ्यमा ठूलै असर पारेको भन्ने जनगुनासो बढेपछि सरकार विषादी परीक्षण गरेर मात्र आयात गर्ने निष्कर्षमा पुग्यो ।

असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउने सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र नै जारी गर्यो ।

सीमा क्षेत्रमा भारतीय मालबाहक ट्रकहरुमा विषादी परीक्षण गर्न शुरु भएको केही दिनमै व्यापारी मार्फत विरोध हुन थाल्यो । व्यापारीले मात्र होइन भारतीय राजदूतावासले नै आपत्ति जनाउँदै पत्राचार गर्यो ।

भारतीय दवाबपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो । मन्त्रिपरिषदको बैठक नै बसेर भारत र तेश्रो मुलुकबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने जनविरोधी निर्णय लियो । नेपाली जनताको स्वास्थ्यमा खेलवाड हुने गरी सरकारले गरेको जनविरोधी निर्णय सर्वत्र आलोचित बन्यो । सत्तारुढ दलकै नेताहरु खुलेर यसको विरोधमा देखिए ।

कतिपय नेताहरुले स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देशले आफ्नो आवश्यकता अनुरुप निर्णय गर्दा पनि सरकार बाह्य दबाबमा पर्नु दुभाग्यपुर्ण भएको बताएका छन् । भारतबाट आउने तरकारी तथा फलफुलमा अत्यधिक विषादी हुन्छ भन्ने जान्दाजान्दै यसलाई निर्वाध भित्रन दिनु आलोचना पुर्ण भएको नेकपा नेता घनश्याम भुसालको भनाई छ ।

त्यस्तै सरकारको निर्णयलाई लिएर प्रतिपक्षी दलका नेताहरुले पनि आपत्ती जनाएका छन् । जनताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको विषयमा पनि सरकार संवेदनशिल बन्न नसकी मुलुकको अस्मिता, राष्ट्रियता विर्सेर सरकार छिमेकी राष्ट्रलाई खुसी बनाउन लागेको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको आरोप छ ।

पछिल्लो समय सरकारले गर्ने हरेक निर्णय विवादीत बन्दै गएका छन् । गुठी विधेयक आइफा अवार्ड हुंदै अहिले विषादी परीक्षणको विषयमा सरकार आफ्नो निणर्यबाट पछाडी हटेको छ । यसरी सरकार एकपछि अर्काे निणर्यबाट पछि हट्दा सरकारले गर्ने निर्णय अपरीपक्क देखिएको छ ।

नेपाली कृषकले उत्पादन गरेको तरकारी र फलफुलले बजार नपाई रहेको र त्यसै खेर गईरहेको बेला सरकारलाई के त्यस्तो बाध्यता प-यो, भारतबाट विषादी प्रयोग भएका तरकारी र फलफुल आयात गर्नै पर्ने ? आम जनता सरकारमाथि प्रश्न गरिरहेका छन् ।