भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण

काठमाडौं, १० असार । सरकारले विदेशबाट आयात हुने आलु, प्याज लगायत तरकारीजन्य वस्तुमा विषादी प्रयोग भए नभएको परिक्षण थालेको छ । विषादी प्रयोग नभएको भनी प्रमाणित भएपछि मात्रै भन्सारबाट आयात गर्नेे प्रावधान लागू गरिएको छ । सरकारको यो प्रावधानसंगै भैरहवा नेपालगञ्ज लगायत भन्सार नाका हँुदै नेपाल भित्रिने सयौं मालवाहक ट्रक अलपत्र अवस्थामा सीमामै थन्किएका छन् ।

असार २ गतेदेखि यो व्यवस्था लागु गरिएसंगै भारतबाट आउने तरकारी तथा फलफुलका गाडीहरुलाई भन्सारमा रोकि चेकजाँच शुरु गरिएको छ । विषादी प्रयोग भएका गाडीलाई सीमामा नै रोक्ने व्यवस्था गरिएपछि धेरै मालबाहक गाडी सीमानामै रोकिन थालेको छ । यो व्यवस्थाको व्यापारीहरुले विरोध गरेका छन् ।

परीक्षणको व्यवस्था नहुँदै र पुर्व जानकारी विना नै यस्तो नियम ल्याएको भन्दै आयातकर्ताहरु आक्रोसित भएका छन् । विषादी परीक्षणको लागि भन्सारमा मालबाहक गाडी रोकिए पनि जिवनाशक बिषादीको अवशेष परिक्षण गर्ने कुनै संयन्त्र भने अझै छैन । उपभोक्ता समितिको गुनासोकै कारण भारतबाट भित्रिएको हरियो सागसब्जी तथा फलफुलको ल्याव परिक्षण गरेर मात्र भित्राउनु पर्ने व्यवस्था ल्याइएको हो ।

आयातित तरकारी तथा फलफुलमा जिवनाशक बिषादीको अवशेष परिक्षण अनिवार्य गरिनु राम्रो भएको भन्दै नेपाली उपभोक्ता खुशी भएका छन् । यसको सदुपयोग गर्न सके नेपाल तरकारीमा आत्मनिर्भर बन्ने विश्वास पनि गरिएको छ ।

यसअघि सरकारले खसीबोका, बाख्रामा पनि कडाई गरेपछि गएको फागुनदेखि नेपालमा खसीबोका भित्रिएका छैनन् । खसीबोका भित्रयाउँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को नियमावली ५६ अनुसार अन्तराष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने भएपछि भारतीय व्यवपारीले उक्त प्रमाणपत्र पेश गर्न नसक्दा खसीबोका आयत स्वतः रोकिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);