चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताउनुभएको हो । आयोगले सार्वजनिक गरेको शैक्षिक क्यालेण्डरअनुसार साउनको पहिलो हप्ताभित्रै एमबिबिएससहित चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने थियो ।

तर सरकारले आयोगका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि हालसम्म नयाँ निर्देशकहरूको नियुक्ति हुन सकेको छैन । निर्देशक नहुँदा कलेजहरूको कोटा निर्धारण र प्रवेश परीक्षा सञ्चालनजस्ता महत्वपूर्ण कार्यहरू ठप्प भएको सांसद मल्लले उल्लेख गर्नुभयो । उहाँले कक्षा १२ को नतिजा सार्वजनिक हुनुलाई सरकारले ठुलो उपलब्धिको रूपमा व्याख्या गरे पनि अर्कोतर्फ चिकित्सा शिक्षाको प्रवेश परीक्षा धकेलिँदै जानु दुःखद् भएको टिप्पणी गर्नुभयो । सांसद मल्लले सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाउनु भयो । राहदानी (पासपोर्ट) लिन नागरिकहरूले लामो लाइन बस्नुपरेको, सरकारी सेवा प्रवाह सुस्त रहेको, बजारमा ग्यास र मलको अभाव कायमै रहेको तथा बढ्दो महँगीले जनता सास्ती भोग्न बाध्य भएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार