मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

doctor

काठमाडौं, १२ जेठ । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिने गरेका छन्। शैक्षिक संस्थाहरूले एउटै शैक्षिक सत्रमा फरक समयमा परीक्षा लिँदा विद्यार्थीले मेडिकल स्नातक तह अध्धयनका लागि चारपटकसम्म अवसर पाउने गरेका छन्।

अगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जनाए। उनका अनुसार मन्त्री पोखरलेले चारवटै शैक्षिक निकायका उपुकलपति र डिनसँग छलफल गरी एकीकृत प्रवेश परीक्षा व्यवस्था लागू गर्ने टुंगोमा पुगेका हुन्।

‘चिकित्सा शिक्षा अध्यादेशमार्फत सरकारले प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा अयोग गठन गरिसकेको छ,’ ढकालले भने, ‘आयोगले मेडिकल प्रवेश परीक्षा एकद्वार पद्धतिबाट सञ्चालन र नतिजा प्रकाशन गर्ने गृहकार्य सुरु गरिसकेको छ।’ उनका अनुसार अबउपरान्त आयोगको नेतृत्वमा एकै समयमा मेडिकल प्रवेश परीक्षा सञ्चालन हुनेछ ।’ आयोगले लिने परीक्षा उतीर्ण गर्ने विद्यार्थी मेरिट सूचीका आधारमा विभिन्न शैक्षिक संस्थामा पठनपाठन गर्नेछन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);