चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा लिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा लिइने

काठमाडौं, ४ असोज । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा थालिने भएको छ । चिकित्सा शिक्षा आयोगको मङ्गलबार बसेको बैठकले आगामी परीक्षादेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षाका सबै तहमा एकीकृत प्रवेश परीक्षाका आधारमा नयाँ भर्ना लिने निर्णय गरेको आयोगले जानकारी दिएको छ । आयोगले समयमा उपाध्यक्ष पाउन नसक्दा र तयारी नपुग्दा यस पटकबाट भने परीक्षा सञ्चालन गर्न सम्भव हुन सकेन ।

हाल विश्वविद्यालय र प्रतिष्ठानहरूले आआफ्नै किसिमबाट प्रवेश परीक्षा सञ्चालन गर्दै आएका छन् । सर्वाेच्च अदालतले प्रवेश परीक्षाको बाटो खुला गरिदिएपछि चिकित्सा शिक्षाअन्तर्गतका एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीपीएचको प्रवेश परीक्षा शुक्रबारबाट सुरु भएको छ । परीक्षा मङ्गलबारसम्म चल्नेछ । यो पटक भने पुरानै पद्धतिबाट चल्ने छ ।

प्रवेश परीक्षा सञ्चालन गर्दा पारदर्शी नभएको गुनासो बढेपछि चिकित्सा शिक्षासम्बन्धी ऐनमा नै एकीकृत प्रवेश परीक्षाको व्यवस्था गरिएको हो । अब आयोगले आवश्यक सिट सङ्ख्याका लागि परीक्षा सञ्चालन गरी छनोट भएका विद्यार्थीलाई मेडिकल कलेजमा सिफारिस गरेर पठाइदिनेछ । आयोगका अनुसार आगामी फागुन चैतमा सञ्चालन हुने स्नातकोत्तर तहको प्रवेश परीक्षामा एकीकृत प्रवेश परीक्षा नै सञ्चालन गरिनेछ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);