टुँडिखेलमा संविधान दिवसको तामझाम, वसन्तपुरमा विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टुँडिखेलमा संविधान दिवसको तामझाम, वसन्तपुरमा विरोध

sambidhan diwas padak

काठमाडौं, ४ असोज । तीन दिनदेखि धुम्म आकाश शुक्रबार बिहानैदेखि छ्याङ्ङ भयो तर अघिल्लो रातको पानीले हिलाम्मे बनाएको टुँडिखेलको मैदान सुकिसकेको थिएन । त्यसैले संविधान दिवस मनाउन पुगेकामध्ये धेरैको पहिलो पाइला हिलोमै गाडियो, कतिको चिप्लियो तर सबैले हातहातमा बोकेका झन्डा फहराइरहे । टुँडिखेलमा भव्य सिँगारपटारमा राष्ट्रियता देखाउन खोजियो ।

फलामे रेलिङभित्र बाँधिएको टुँडिखेलमा यस्तो दृश्य देखिँदा नजिकको वसन्तपुर दरबार स्क्वायरमा कालो झन्डा प्रदर्शन भइरहेको थियो । संविधान अपूरो रहेको सन्देशसहितको कालो ब्यानर र निधारमा कफन बाँधेका आदिवासी जनजाति समुदायका नागरिकको र्‍याली प्रदर्शन भइरहेको थियो । टुँडिखेलको भव्यतामा राष्ट्रियता मजबुत भएको चित्रण गरिँदै गर्दा वसन्तपुरको र्‍यालीमा त्यही संविधानले विभेदको रेखा कोरेर आफूलाई टाढा पुर्‍याएको गुनासो प्रकट भयो ।

टुँडिखेलभित्र प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण सकिएको बताए तर दरबार स्क्वायरमा संविधानसँग असन्तुष्ट आदिवासी जनजाति, मधेसी, थारू, दलित समुदायले आन्दोलनको थप आवश्यकता औंल्याए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);