प्रहरीलाई ‘साइरन’ साइकल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

प्रहरीलाई ‘साइरन’ साइकल

police cycle siren

सर्लाही,  ४ असोज ।  पूर्वसांसद् नरेन्द्र साहले गृह जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन्। इलाका प्रहरी कार्यालय हीरापुरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसांसद् साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ती साइकल प्रदान गरेका हुन्।

साहले जिल्ला प्रहरी कार्यालयका लागि १८ र अन्य साइकल निर्वाचन क्षेत्र ३ भित्र पर्ने इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरी १४ वटा प्रहरी एकाइका लागि प्रदान गरेका हुन्।

शान्ति सुरक्षा एवं सुशासन कायम गर्न क्रियाशील हुन प्रहरीलाई सजिलो होस् भनेर आफूले साइकल प्रदान गरेको साहले जानकारी दिए। ‘शान्तिसुरक्षा एवं सुशासन कायम गर्दै सुरक्षा निकायका तर्फबाट संविधान कार्यान्वयनमा समेत सहज होस् भन्ने हेतुले मैले संविधान दिवसकै अवसर पारेर साइकल प्रदान गरेको हँु’, पूर्वसांसद् साहले भने, ‘रिचार्जेबल ब्याट्रीमार्फत चल्ने साइरन जडित साइकलले प्रहरीलाई ग्रामीण भेकमा गस्ती गर्न निकै सजिलो हुने मैले विश्वास लिएको छु।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।