१० किलो गाईको मासुसहित भारतीय मोटरसाइकल बरामद | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

१० किलो गाईको मासुसहित भारतीय मोटरसाइकल बरामद

पर्सा,२२ भदौ। सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले आवत गर्ने व्यक्तिहरूको विभिन्न ठाउँमा चेकजाँच गर्दा छिपहरमाई गाउँपालिका वार्ड ४ बर्वा गाउँबाट १० किलो गाईको मासु सहित भारतीय मोटर साइकल बरामद गरेका छन्।

सशस्त्र प्रहरी निरिक्षक संजिप बानियाको नेतृत्वमा रहेको टोलीले बरामद गरेका छन् । जगरनाथपुर गाउँ बाट मोटरसाइकल लगिरहेको अवस्थामा चेकजाँच गरिरहेको टोलीले मोटरसाइकलमा लोड रहेको गाईको मासु मोटरसाईकल समेत बरामद गरेका छन्। प्रहरीलाई चेक जाँच गरेको देखेपछि मोटरसाइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको मोटरसाइकल नं बिआर २२ एफ ४७२१ नम्बर को भारतिय नं को मोटरसाइकल र गाईको मासु ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरीले जनाएका छन्।

Leave a Reply