बारा, २६ पुष । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल सवारी धनी पहिचान गर्न कार्यालयपरिसरमै प्रदर्शनी आयोजना गरेको छ । मोटरसाइकल चोरी नियन्त्रण गर्न र हराएका मोटरसाइकल खोजी गर्न ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको प्रहरीले भेटिएका मोटरसाइकल जिम्मा लगाउन प्रदर्शनी गरेको हो । प्रहरीले सञ्चालन गरेको अभियानबाट ९२ थान चोरीका मोटरसाइकल बरामद भएका छन् ।
प्रहरीले बरामद मोटरसाइकल लिनका लागि कागजपत्रसहित कार्यालयमा सम्पर्क गर्न सम्बन्धित धनीलाई आह्वानसमेत गरेको छ । हराएका मोटरसाइकलबारे जानकारी लिन प्रहरीले बिमा संस्थानका उजुरीलाई आधार बनाएको थियो ।




